सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टले पायो ‘चार तारे होटल’को मान्यता

सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा कपिलवस्तुको चन्द्रौटामा अवस्थित ुसिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्टुले चार तारे होटल स्तरको मान्यता पाएको छ।

पर्यटन विभागले होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरउन्नति गरेको हो।

ुलुम्बिनी प्रदेशमा सञ्चालित उक्त रिसोर्टलाई पर्यटन ऐन अनुसार चार तारा स्तरको होटलमा स्तर वर्गीकरण गरी यो इजाजतपत्र दिइएको छ,ु पर्यटन विभागले भनेको छ।

२५ विघा क्षेत्रफलमा विस्तारित रिसोर्टमा २० डिलक्स, ६२ वटा सुपर डिलक्स, २ वटा स्विट गरी ८४ वटा रूम छन्।

साथै साना ठूला गरी पाँच वटा कन्फ्रेरेन्स हल रहेको यस रिसोर्टमा रहेको पोखरीमा मोटरबोट सयर गर्न पाइन्छ।

सोही पोखरीमा होटलको ुफिस फार्मु समेत रहेको छ।

त्यस क्षेत्रमा उच्च संख्यामा भारतीय पर्यटक भित्र्याउन सफल रिसोर्टले चार तारा स्तरको मान्यता पाएसँगै व्यापारमा अझ राम्रो गर्ने आशा गरिएको सिद्धार्थ हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए।

रिसोर्टमा ज्याकुजी, स्पा लगायत सुविधा उपलब्ध छन्। हालसम्म ७५ जनाले रोजगारी पाएकोमा अब केही समयमै क्यासिनो सञ्चालन पश्चात झण्डै तीन सय ८० जनालाई रोजगारी मिल्ने सिइओ न्यौपानेले बताए।

रिसोर्टले यसअघि ४४औं विश्व पर्यटन दिवसको अवसरमा ग्रामीण क्षेत्रमा स्थानीय उत्पादन, स्थानीय रोजगारी एवम् एग्रो टुरिजममार्फत् पर्यटन प्रवर्द्धनमा योगदान पुऱ्याएबापत राष्ट्रिय सम्मान पाइसकेको छ।

यस्तै यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा यस रिसोर्टले ठूलो भूमिका निर्वाह गर्ने रिसोर्टका अध्यक्ष लक्ष्मण भण्डारीले बताए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.