सुजुकीले ल्यायो नयाँ वर्ष योजना

सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भिजी अटोमोबमाइल्सले ुनयाँ वर्ष २०८१ क्यास पाउँ एक्कासीु योजना ल्याएको छ।

कम्पनीले ग्राहकलाई मध्यनजर गर्दै आफ्नो उत्कृष्ट मोटरसाइकल तथा स्कुटरको खरिदमा लागू हुने उक्त योजना ल्याएको हो।

योजना अन्तर्गत ग्राहकहरूले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रूपैयाँ नगद छुट साथै थप स्क्र्याच कार्ड मार्फत् एक लाख रूपैयाँसम्म पाउन सक्नेछन्।

यस्तै, कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजार प्रचलित मूल्यांकनभन्दा मोटरसाइकलमा थप १५ हजार रूपैयाँ र स्कुटरमा २० हजार रूपैयाँ वा फाइनान्समा शून्य प्रतिशत ब्याजदरको सुविधामध्ये जुन ठिक लाग्छ त्यो ग्राहकहरूले छनोट गर्न सक्ने कम्पनीले जनाएको छ।

कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा कम्पनीले ५ वर्षको इन्जिन वारेण्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा पनि थप उपलब्ध हुने जनाएको छ ।

सुजुकीले सन् १९५० देखि नै सुजुकीको मोटरसाइकल उत्पादन गर्दै आइरहेको छ।

सुजुकीको मोटरसाइकल आफ्नो जापानिज टेक्नोलोजी, गुणस्तरीय निर्माण र वस्तुको मोडेल अनुसारको उत्पादनका लागि ख्याति प्राप्त छ।

यो योजना चैत १४ गतेदेखि २०८१ जेठ १८ गतेसम्म लागु हुने कम्पनीले बताएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.