सोमबारको विदेशी मुद्रा सटही दर

काठमाडौं। नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलरको सटही दर १३३ रुपैयाँभन्दा माथि छ। राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर १ को नेपाली खरिद १३३ रुपैयाँ ५ पैसा तथा बिक्री १३३ रुपैयाँ ६५ पैसा रहेको छ।

युरो १ को नेपाली खरिद १४२ रुपैयाँ २८ पैसा तथा बिक्री १४२ रुपैयाँ ९३ पैसा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ। यूके पाउन्ट स्टर्लिङ १ को नेपाली खरिद १६६ रुपैयाँ १९ पैसा तथा बिक्री १६६ रुपैयाँ ९४ पैसा तोकिएको छ।

त्यस्तै सोमबारका लागि जापानी येन १० को नेपाली खरिद ८ रुपैयाँ १० पैसा तथा बिक्री ८ रुपैयाँ ४४ पैसा पुगेको छ। जापानी येनको सटही दर पछिल्लो समय निरन्तर ओरालो लागेको छ।

त्यस्तै चिनियाँ युआन १ को नेपाली खरिद १८ रुपैयाँ ३६ पैसा तथा बिक्री १८ रुपैयाँ ४४ पैसा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ। पछिल्लो समय रुस युक्रेन युद्धका कारण रुसले आफ्नो देशबाट सामान निर्यात गर्नै आफ्नै मुद्रा हुनुपर्ने अडान लिएपछि चीनलगायत मुलुकका व्यापारी पनि आफ्नै देशको मुद्रामा कारोबार गर्न रुचाइरहेका छन्।

ex-1714354875.JPG

सम्बन्धित
Leave A Reply

Your email address will not be published.