८ महिनामा भित्रिए ६ हजार ४३५ विद्युतीय गाडी,

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा हालसम्मकै उच्च विद्युतीय सवारी साधन (जीप, कार र भ्यान) आयात भएको छ । सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति लिएसँगै बजारमा उच्च आयात हुन थालेको हो ।

सरकारले पेट्रोलियम पदार्थको सवारी साधनभन्दा विद्युतीय सवारी साधनलाई आयातमा भारी छुट दिँदै आएको छ । उक्त छुट दिएसँगै नेपालमा वार्षिकरुपमा विद्युतीय सवारी साधनको आयात बढ्दो क्रममा छ ।

विभागको तथ्याङ्कअनुसार गत आर्थि वर्ष ४ हजार ५० वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको थियो । उक्त संख्या हाससम्मकै बढी थियो । तर, चालु आवको ८ महिनामा गत आव आयात भएकोभन्दा पनि बढी पैठरी भइसकेको छ । चालु आवको ८ महिनाको अवधिमा ६ हजार ४ सय ३५ वटा विद्युतीय गाडी आयात भइसकेको छ । जुन हालसम्मकै उच्च संख्या हो।

नेपालले ६ हजार बढी विद्युतीय सवारी साधन खरिद गर्दा १५ अर्ब ८१ करोड ९७ लाख रुपैयाँ बाहिरिएको छ । त्यस्तै, नेपालले सोही अवधिमा आयातित विद्युतीय सवारीसाधनबाट ६ अर्ब ९९ करोड २६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

नेपालले ८ महिनामा सबैभन्दा बढी ५१ किलोवाटदेखि १०० किलोवाटसम्मको विद्युतीय सवारी साधन आयात गरेको छ । सो अवधिमा नेपालले १० अर्ब १८ करोड ५३ लाख रुपैयाँको ३ हजार ५९४ वटा विद्युतीय गाडी आयात गरेको छ ।

विभागअनुसार फागुनसम्ममा नेपालले ५० किलोवाटको ५ अर्ब १० करोड ४६ लाख रुपैयाँ खर्चेर २७ सय ४६ वटा विद्युतीय गाडी आयात गरेको छ । त्यस्तै, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मको ३८ करोड ५० लाख रुपैयाँमा ७५ वटा र २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मको १४ करोड ४८ लाख रुपैयाँमा २० वटा विद्युतीय सवारी साधन आयात गरेको छ ।

नेपालले सबैभन्दा बढी विद्युतीय गाडी चीनबाट आयात गर्ने गरेको विभागको तथ्याङ्कले उल्लेख गदर्छ । नेपालले ६ हजार बढी विद्युतीय गाडी आयात गर्दा चीनबाट मात्रै १० अर्ब ८६ करोड ४ लाख रुपैयाँको ३ हजार ९६९ वटा भित्रिएको छ ।

चीनपछि भारतबाट ९३ करोड १७ लाख रुपैयाँको २३ सय ८० वटा, दक्षिण कोरियाबाट ४२ वटा, इन्डोनेसियाबाट ३४ वटा, जर्मनीबाट ७ वटा र अमेरिकाबा ३ वटा गाडी आयात गरेको छ ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.