हेर्नुहोस यस्ता छन् ‘अटो शो’मा राखिएका २५ लाखमुनिका कार

नेपाली अटो बजारमा उपलव्ध सवारीसाधन तथा तिनका पार्टपूर्जाका बारेमा जानकारी गराउने उद्देश्यले भृकुटीमन्डपमा १३ औं नाडा अटो शो चलिरहेको छ।

मेलामा विभिन्न कम्पनीले सस्तोदेखि महंगो सवारीसाधन प्रदर्शनमा राखेका छन्। पछिल्लो समयमा नेपालमा साना कार चढ्नेहरुको संख्या बढ्दै गएको छ।

केहीवर्ष अघिसम्म नेपाली समाजमा साना गाडी धनीवर्गले चढ्ने र विलासिताको साधनको रूपमा लिइने गरेकोमा अहिले आवश्यकता जस्तै भैसकेको छ। नेपालमा साना र तुलनात्मक रुपमा सस्ता कारहरुको माग हुने गरेको छ।

बैंकले कार खरिदको लागि पनि फाइनान्सको सुविधा प्रदान गरिदिएका कारण पहुँच बढेको हो। सवारी साधन खरिद गर्नेले कुल मूल्यको ३५ प्रतिशत ‘डाउनपेमेन्ट’ गरेपछि बाँकी ६५ प्रतिशत रकम किस्ताबन्दीमा बुझाउन सक्छन्।

मेलामा एकै ठाउँमा धेरै कारको बारेमा जानकारी लिन पाइने भएकाले टाढाटाढाका शोरुमहरु धाउनुपर्ने बाध्यता रहँदैन।

मेलामा भेटिएका २५ लाख रुपैयाँमुनिका गाडी यस्ता छन्।

हुण्डाई
इओन इरा प्लस, मूल्य– १८ लाख ९६ हजार
इओन म्याग्ना प्लस, मूल्य – २२ लाख ९६ हजार

सुजुकी
अल्टो ८०० एसटिडी, मूल्य– १६ लाख ३९ हजार ( अधिकतम छुट २ लाख १० हजार)
अल्टो ८०० एलएक्सआई, मूल्य– १८ लाख ३९ हजार ( अधिकतम छुट २ लाख १० हजार)
अल्टो के १०, मूल्य– २० लाख ७९ हजार ( अधिकतम छुट २ लाख ४० हजार)
वागन आर, मूल्य २३ लाख २९ हजार ( अधिकतम छुट २ लाख ९० हजार)
सेलेरियो भिएक्सआई, मूल्य २३ लाख ९९ हजार (अधिक्तम छुट ३ लाख १० हजार)

किया
पिकान्तो एलएक्स, मूल्य– २४ लाख ९९ हजार

टाटा
टियागो एक्सई, मूल्य– २४ लाख ९५ हजार

रेनो
क्विड १.० आरएक्सटी, मूल्य – २२ लाख २४ हजार ५ सय ३३ (छुट १ लाख ४० हजार)
क्विड १.० आरएक्सटी ‘ओ’, मूल्य– २२ लाख ७३ हजार ६ सय ४५ (छुट १ लाख ४० हजार)
क्विड १.० आएक्सएल एएमटी, मूल्य– २१ लाख ९६ हजार ६ सय १३ (छुट १ लाख ४० हजार)
क्विड १.० आरएक्सटी ‘ओ’ एएमटी, मूल्य –२४ लाख ११ हजार ६ सय ६३ (छुट १ लाख ४० हजार)
न्यू क्विड आरएक्सटी ‘ओ’ (एमटी), मूल्य– २३ लाख ३० हजार ७ सय ३० (छुट १ लाख ४० हजार)
न्यू क्विड आरएक्सटी ‘ओ’ (एएमटी), मूल्य – २४ लाख ५८ हजार ५ सय ५६ (छुट १ लाख ४० हजार)

डाट्सन
गो ‘टि’, मूल्य– २३ लाख ४९ हजार (छुट १ लाख ७५ हजार)
गो ‘ओ’, मूल्य– २४ लाख २९ हजार (छुट १ लाख ७५ हजार)
रेडी गो १.० टि ‘ओ’, मूल्य– १९ लाख ९९ हजार (छुट १ लाख ४० हजार)
रेडी गो १.० ‘एस’, मूल्य –२० लाख ५९ हजार (छुट १ लाख ४० हजार)

सम्बन्धित
Leave A Reply

Your email address will not be published.