एनएमबी बैंकको ११० औ शाखा सञ्चालनमा

एनएमबी बैंकले सप्तरीको तिलाठी गाउँपालिकामा ११० औ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले तोकेको समय सीमा भित्रै बैंकले देशका विभिन्न स्थानिय प्रदेशहरूका गाउँपालिका, नगरपालिका तथा बैंकिङ पँहुचबाट टाढा रहेको स्थानहरूमा बैंकले तोकेको सम्पूर्ण नयाँ शाखाहरू खोलेको हो । यो शाखाको सुरुवातसँगै बैंकको कुल ११० शाखा ४ एक्टेन्सन काउन्टर ९६ एटीएम पुगेको छ ।
बैंकको भगिनी संस्था एनएमबी माइक्रो फाइनान्सको ७५ शाखा सञ्जालसमेत गरेर देशको सबै क्षेत्रमा सन्तुलित बैंकिङ पहँुच पुगेको छ भने यसले स्थानीयहरूको वित्तीय सहभागिता भई जीवनस्तर समेतमा साकारात्मक प्रभाव पर्ने र सरल बंैकिङको सबैवर्ग समुदायको पँहुच पुग्नेमा बैंक विश्वस्त रहेको बैंकबाट जारी पे्रस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.