टिभीएस एनटीओआक्यू १२५ स्कुटर सार्वजनिक

टिभीएस मोटर कम्पनीले टि भी एस एनटीओआक्यू १२५ स्कुटर सार्वजनिक गरेको छ ।काठमाडौँमा संचालन भईरहेको नाडा अटो शो २०१८ मा टि भी एसले आफ्नो नयाँ उत्पादन सार्वजानिक गरेको हो ।टि भी एस एनटीओआक्यू १२५ सिसि स्कुटरको डिजाइन आकर्षक हुनुका साथै नेभिगेटर, फोन कलर आइडी डिस्प्ले, लोकेसन सहयोगी, ब्लूटुथ,र राइड शेयर स्टार्टस समेत रहेको बताएको छ ।

नाडा अटो शोमा बुधबार जगदम्बा मोटरसका प्रबन्ध निर्देशक सहिल अग्रवाल र टीभीएसका एसिया क्षेत्रिय व्यापार प्रमुख अरुण कुमारले संयुक्त रुपमा उक्त स्कुटर सार्वजनिक गरेका थिए । १५५ एमएम ग्राउण्ड क्लियरेन्स, ५।५ लिटर फ्यूल क्यापासिटी र ३० किलो मिटर प्रति लिटर माइलेज दिने उक्त स्कुटर टीभिएसका देशभरीका डिलरहरुमा उपलब्ध रहेको जानकारी पत्रकार सम्मेलनमा गराइएको थियो ।२ लाख २० हजार रुपैयाँ बजार मुल्य रहेको यो स्कुटर नेपालमा पहिलो ब्राण्ड बनाउने जगदम्बा मोटरर्सका भाइस प्रेसिडेन्ट दिपक अग्रवालले दावी गरे । नेपालमा उपलब्ध स्कुटरहरुमध्ये प्रतिप्रर्धी मुल्य भएपनि यसमा धेरै विशेषता भएको उनलको भनाइ रहेको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.