अटो शो २०१८ कुन कुन गाडी चर्चामा छन ? हेर्नुहोस यी ११ गाडीका बिशेषता

नाडा अटो शो मंगलवार देखि भृकुटीमण्डपमा सुरु भएको छ । सवारीसाधन सम्बन्धी सम्पूर्ण जानकारी एउटै थलोमा उपलब्ध गराउने उद्देश्यले ‘नाडा अटो शो’ आयोजना भएको हो ।चाडाबाडको मुखैमा हुने
सर्वाधिक प्रतीक्षित नाडा अटो नेपाली सवारीप्रेमीका लागि कुम्भ मेला नै हो ।
गएका केही वर्षको अभ्यासलाई हेर्दा धेरै उपभोक्ताहरु नाडा अटो शो लाई नयाँ सवारी साधन किन्न वा आफुले खोजेबमोजिम साट्ने समयमा रुपमा लिने सहि समयका रुपमा लिने गरेका छन । हेर्नुहोस नाडा अटो शो २०१८ कुन कुन गाडी चर्चामा छन ? यीनका बिशेषता के हुन ? मुल्य कति ?


ड्याटसुन गो

पायोनियर अटोकर्पमार्फत नेपाली बजारमा बिक्री हुदैं आएको
ड्याटसुन गो गएका ३ बर्षदेखी इन्ट्री लेभलका कारमध्ये सबैभन्दा धेरै उपभोक्तले रुचाएको कार हो । जापनीज प्रख्यात कार निर्माता कम्पनी निशानले उत्पादन गरेका पार्टस र इन्जिन भारतमा एसम्बल गरेको ड्याटसुन गो को नेपाली बजारमा मुल्य २३ लाख ४९ हजार छ ।

-१२ सीसीको इञ्जिन

-पावर स्टेरिंग ,पावर विण्डो, एयर व्याग, रिभर सेन्सर,

-१.७० ग्राउण्ड क्लियरेन्स

-प्रतिलिटर २० किलोमिटरसम्म माईलेज,

-सानो ठाउमा पनि घुमाउन मिल्ने

-सहित अत्यान्तै आर्कषक लुक्समा रहेको डाटसुन रेडीको गो शुरुवाती मुल्यमा सबैभन्दा धेरै बिशेषता भएको कारको रुपमा चर्चित छ ।

-यो कार किन्दा मेगा बैंकले सजिलै फाईनान्सिङ सुविधा दिने भएकाले यसमा धेरैका आर्कषण हुने बिक्रेताले दाबी गरेका छन ।

                                                                           वक्सवागन पोलो 

नाडा अटो शोमा उपलब्ध कार मध्ये वक्सवागन पोलो एक हो । यसको मुल्यः २६ लाख ९५ हजार ९पहिलो १ सय ग्राहकका लागि २५ लाख ५० हजार रहेको बताएको छ ।
वक्सवागन पोलोका विशेषता यस प्रकार रहको बतार्ईएको छ ।
– ९९९ सीसी र ७६ एजपी इन्जिन,
– एन्टिलक ब्रेकिङ सिस्टम ९एबीएस०, एयर ब्याग, गाल्भनाइज्ड बडि, पावर विन्डो, रियर भ्यू क्यामेरा, पोलन फिल्टर सहितको एयर कन्डिसन, पावर स्टरिङ
– नेपालको आर्थिक वर्ष ०७५–०७६को बजेटमा व्यवस्था भए अनुसार १ हजारसीसी भन्दा माथिका गाडीमा कर बढाइएकाले पोलो १।० खरीदमा ग्राहकले कुनै अतिरित्त भार नपर्ने

                                                    महिन्द्रा भेरिटो ईभी

नाडा अटो शोमा उपलब्ध कार मध्ये महिन्द्रा भेरिटो ईभी रुचाईएको कारहरुमा एक हो । यसको मूल्यः २८ लाख ८० हजार रुपैयाँ रहेको छ भने यसकोविशेषताहरु यस्तो रहेको छ ।

– ७२ भोल्ट इन्डक्सन मोटर प्रयोग
– ३०।५ किलो भोल्टको पावर र ९१ न्युटन मिटरको टर्क
– २ सय एएचको लिआयोन बेट्रि प्रयोग गरिएको
– फास्ट चार्जिङबाट पौन २ घण्टामा फुल चार्ज हुने ब्याट्रीले १ सय १० किमि यात्रा गर्न मिल्ने

                                                       सुजुकी स्विफ्ट तेस्रो संस्करण

नाडा अटो शोमा उपलब्ध कार मध्ये सुजुकी स्विफ्ट तेस्रो संस्करण रुचाईएको कारहरु मध्ये एक हो । भीएक्सआईको मुल्य २८ लाख ९९ हजार रहेको छ भने जेडएक्सआई– ३१ लाख ९९ हजार रुपैयाँ पर्छ ।
यी कारको विशेषता हरुमा उच्च सुरक्षा, आकर्षक लुक्स र उत्कृष्ट पर्फमेन्स भएको बताईएको छ ।
यी कारको थप बिशेषताहरु निम्न रहेका छन् ।
– पावर र तौलको उत्कृष्ट अनुपात र सुधार गरिएको एक्सिलेरेसन पर्फमेन्स्
– भीएक्सआई र जेडएक्सआई पेट्रोल भर्सनमा उपलब्ध
– सुरक्षा नै विशेष आकर्षण
– डुअल एअरब्याग, एबीएस, ईबीडी, रिभर्स पार्किङ सेन्सर, सिटबेल्ट वार्निङलगायत सेफ्टी फिचर स्ट्यान्डर्ड
– चाइल्ड लक तथा पेडिस्ट्रियन प्रोटेक्सन
– सिंगल एपेर्चर फ्रन्ट ग्रिल, राउन्डसेप्ड फगलाइट र उठेको बम्पर,
– स्पोर्टी, आकर्षक र मस्कुलर
– भर्टिकल डोर ह्यान्डल, सिल्भर कलरको १५ इन्चको “कट–टु–टोन” एलोय ह्वील, डिफगर सेन्सर
– बढेको लेग स्पेस, स्मार्ट कि, पुसबटन स्टार्ट, अटो क्लाइमेट कन्ट्रोल ९अटोमेटिक एसी०, लेदर र्याप्ड फ्ल्याट स्टेरिङ, टेरिङमा अडियो कन्ट्रोल

                                                                                   टाटा टिगोर ईभी

नाडा अटो शोमा उपलब्ध कार मध्ये टाटा टिगोर ईभी रुचाईएको कारहरुमा एक हो । यसको मूल्य ३० देखि ३२ लाख रुपैयाँ पर्दछ ।
टाटा टिगोर ईभीका विशेषता हरु यस्ता रहेका छन् ।
– टाटा मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले नाडा अटो सोका लगि इलेक्ट्रिक भेइकल ल्याएको
– ३० किलोवाटको विद्युतीय मोटर लगाइएको
– पूर्ण चार्ज हुँदा २ सय ५० किलोमिटर माइलेज दिने
– २१६ एएच, ७२ भोल्ट ब्याट्रीबाट सञ्चालित
– उच्च गति १ सय किलोमिटर प्रतिघण्टा
– अधिकतम् आउटपुट ३० किलावाट प्रति ४५ सय आरपीएमका साथ ४० बीएचपी पावर
– ग्राउन्ड क्लियरेन्स १७० मिमि

 

                                               हुन्डाई आयोनिक ईभी

नाडा अटो शोमा उपलब्ध कार मध्ये हुन्डाई आयोनिक ईभी रुचाईएको कारहरुमा एक हो ।
यसको मूल्यः ५२ लाख १७ हजार रुपैयाँ पर्दछ ।
हुन्डाई आयोनिक ईभी विशेषता यस्तो रहेको छ ।
– हेर्दा अति नै आकर्षक देखिने यसको लुक्स कुनै इन्धन लाग्ने सवारीको भन्दा कम नभएको
– १ सय २० हर्सपावर र २ सय ९५ एनएम टर्क दिने
– फुल चार्जमा ३ सय किलोमिटरसम्म
– फास्ट चार्जिङ प्रयोग गर्दा ब्याट्रि एक घण्टामा ८० प्रतिशत चार्ज हुने
– उच्च गति १ सय ५० किलोमिटर प्रतिघण्टा
– एरोडाइनामिकल्ली डिजाइन गरिएको

                                                 सोल ईभी

नाडा अटो शोमा उपलब्ध कार मध्ये सोल ईभी रुचाईएको कारहरुमा एक हो ।
यसको मूल्यः ५८ लाख रुपैयाँ पर्ने बताएको छ । भने सोल ईभीको
विशेषता यस्तो रहेको छ ।
– १ सय ४५ किमि प्रतिघन्टा गतिमा दौडिन सक्ने
– गुरुत्व केन्द्र कम उचाईमा रहेको, बढी स्थिर रहने तथा टर्क पनि धेरै भएको
– एसयुभी प्लाटफर्म रहेको एकमात्र इलेक्ट्रिक कार,
– २७ किलोवाट तथा ३ सय ६० भोल्टको १९२–सेल लिथियम ब्याट्री प्रयोग
– साधारण अवस्थामा ८ घन्टामा फूल चार्ज हुने,
– ७ वर्ष तथा ७० हजार किमिको वारेन्टी रहेको

 

                                                                                                   टोयोटा रस

नाडा अटो शोमा उपलब्ध कार मध्ये टोयोटा रस रुचाईएको कारहरुमा एक हो ।

यसको मूल्यः ६६ लाख ९० हजार देखि ७५ लाख ५० हजार पर्ने बताएको छ भने टोयोटा रसको विशेषता यस प्रकार रहेकोछ ।
– ४ वटा भेरियन्टमा उपलब्ध
– फ्रन्ट फग ल्याम्पसहितको अटो लाइट कन्ट्रोल हेडलाइट, फ्रन्ट ग्रिल, १७ इन्चको टायर, एन्टी लक ब्रेकिङ सिस्टम, एयर ब्याग, ह्विल स्टार्ट असिस्ट कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोलसहित भेहिकल स्टेबिलिटी कन्ट्रोल सिस्टम ९भीएससी० जस्ता आधुनिक विशेषता
– १।५ लिटरको फोर सिलिन्डर पेट्रोल इन्जिन, १०४ पीएस पावर र १३६ एनएम टर्क प्रदान

 

                                                                                                             जिप कम्पास

नाडा अटो शोमा उपलब्ध कार मध्ये जिप कम्पास रुचाईएको कारहरुमा एक हो ।

यसको मूल्यः करिब ६८ लाख ५० हजार देखि ९६लाख ५० हजाररुपैयाँ पर्ने बताएको छ ।
जिप कम्पासको विशेषता यस्तो रहेको छ ।
– भारतीय बजारमा तहल्का मच्चाइरहेको
– जिपको सिग्नेचर सेभेन स्लट ग्रिल र दुई छेऊमा ठूला हेडलाइट प्रयोग
– डेलाइट रनिंग ल्याम्प, बम्परमा फग लाइट र डुअल टोन इफेक्ट
– १७ इन्चका ठूला चार वटा पांग्रा, बोल्ड डिजाइन ल्यांग्वेज
– स्पोर्ट, लंगिच्युड र लिमिटेड गरी तीन विकल्पमा उपलब्ध

                                                                                                                  स्कोडा कोडियाक

नाडा अटो शोमा उपलब्ध कार मध्ये स्कोडा कोडियाक रुचाईएको कारहरुमा एक हो ।

यसको मूल्यः १ करोढ ४९ लाख रुपैयाँ पर्ने बताएको छ ।
यसको विशेषता यस प्रकार रहेकोछ ।
– २।० लिटर ४ सिलिन्डर इन्जिन, सेभेनस्पिड डिएसजी अटोमेटिक गियर बक्स
– डिजेल इन्जिनले अधिकतम १५० पीएस शक्ति र ३४० एनएम टर्क उत्पन्न गर्ने
– अलह्विल ड्राइभ र बर्ग वार्नर अनडिमान्ड ४बाई४ सिस्टम
– ४,६९७ एमएम लामो, १८८२ एमएम चौडा र १६६५ एमएम अग्लो
– ग्राउन्ड क्लेरेन्स १८८ एमएम
– बुटस्पेस २७० लिटर छ जसलाई दोस्रो र तेस्रो लहरको सिट फोल्ड गरेर २००५ लिटरसम्म पुर्याउन सकिने।
– बटरफ्लाई ग्रिल, फुल लिड हेडलाइट र कर्नरिंग लाइट, १८ इन्चको एलोइ ह्विल, थ्रि डि लुक दिने टेलल्याम्प
– पानोरामिक सनरुफ, मल्टिपल स्टोरेज स्पेस, अम्ब्रेला, डोर प्रोटेक्टर र म्याग्नेटिक टर्च
– सुरक्षाका लागि ९ वटा एयरब्याग, इबीडीसहितको एबीएस, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, इलेक्ट्रोनिक डिफेरेन्सियल लक, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रोनिक पार्किंग ब्रेक आदि

 

                                                         जिप रेंगलर 

नाडा अटो शोमा उपलब्ध कार मध्ये सबै भन्दा महंगोकार जिप रेंगलर रहेको छ ।,
यसको मूल्यः २ करोड ५० लाख रुपैयाँ पदर्छ ।
जिप रेंगलर विशेषता यस्तो रहेकोछ ।
– ‘आइकनिक’ डिजाइन
– पारम्परिक लुक्स र डिजाइनयुक्त ठूलो बम्पर, आइकनिक ग्रिल र ठूल्ठूला टायर
– नेपालमा आएको रेंगलर अनलिमिटेडमा २।८ लिटरको इन्जिन
– ६ सिलिन्डरयुक्त एसयुभी ५ स्पिड अटोम्याटिक गियर
– ६३५० आरपीएममा अधिकतम २०० एचपी शक्ति र ४३०० आरपीएममा अधिकतम ३४० एनएम टर्क
– ड्राइभर र फ्रन्ट पेसेन्जर एयर ब्याग, एबीएस विथ इलेक्ट्रोनिक स्टाबिलिटी एन्ड ब्रेक एसिस्ट, इमोबिलाइजर, सेक्युरिटी अलार्म, स्टाबिलिटी कन्ट्रोल, इलेक्ट्रोनिक डोर लक, ब्लाइन्ड स्पट डिटेक्सन

सम्बन्धित
Leave A Reply

Your email address will not be published.