कृषि बैंकले माग्यो एकसाथ ४० अधिकृत

आर्थिक समाचार

१५ चैत,काठमाण्डौ ।

कृषि विकास बैंकले एकैपटक ४० जना अधिकृत मागेको छ ।

बुधबार आवश्यकता सम्बन्धी एक सूचना प्रकाशित गर्दै बैंकले तृतीय श्रेणीमा काम गर्ने गरी ४० जना व्यवसाय अधिकृत मागेको हो ।

कुल मागिएको सिट संख्यामध्ये २२ वटा खुल्ला, ५ वटा महिला, ४ मधेशी, २ दलित, अपांग १ र पिछडिएको क्षेत्रका लागि १ वटा कोटा छुट्याइएको छ ।

बुधबार(फागुन २५) गतेको मितिले २१ दिनभित्र र दोब्बर दस्तुुर तिरी थप ७ दिनभित्र आवेदन दिन सकिने बताइएको छ । दरखास्त फारम कृषि विकास बैंकको वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ । परीक्षा दस्तुुर १ हजार रुपैयाँ र समावेशी समूहका लागि थप ३ सय रुपैयाँ लाग्ने जनाइएको छ । आवश्यकता सम्बन्धी सूचनाको विस्तृत विवरण यसप्रकार छ :

सम्बन्धित
Leave A Reply

Your email address will not be published.