टाटाले ल्याउँदै सस्तो इलेक्ट्रिक कार

नानोको असफलतापछि टाटा मोटर्सले मारुती अल्टो र ह्युन्डाई स्यान्ट्रोलाई टक्कर दिन नयाँ सानो ह्याचब्याक ल्याउने तयारी गर्दै छ । अहिलेका लागि टाटा टियागो टाटा लाइनअपमा इन्ट्री लेभल कार हो । टाटाको यो कार टियागोभन्दा सानो हुनेछ । साथै यो टाटाको पहिलो इन्ट्री लेभल इलेक्ट्रिक कार पनि हुन सक्नेछ ।

समाचार रिपोर्टहरुका अनुसार टाटाले आफ्नो भावी उत्पादनका लागि अल्फा र ओमेगा प्लेटफर्म ल्याउने घोषणा गरेको छ, जसबाट यो सावित हुन्छ— टाटाले भविष्यमा यही प्लेटफर्ममा कार निर्माण गर्नेछ । अल्फा प्लेटफर्ममा ४.३ मिटरभन्दा साना कार बनाइन्छ भने ओमेगामा टाटा ह्यारियर, ह्याक्सा जस्ता ठूला कार एसयूभी बनाइन्छन् ।

साथै टाटाले जेनेभा मोटर शोमा अल्फा प्लेटफर्ममा अल्ट्रोज प्रिमियम ह्याचब्याग लन्च गर्ने घोषणा गरेको छ ।

टाटाको इन्ट्री लेभल ह्याचब्याग भारतीय कार बजारका लागि हटकेक सावित हुन सक्नेछ । इन्ट्री लेभल ह्याचब्याग बजारमा अहिले मारुती सुजुकीको जबर्जस्त प्रतिस्पर्धी हो । अहिले मारुतीको अल्टो, सिलेरियो र बैगन कारले बजारमा इन्ट्री लेभल सेग्मेन्टमा राज गरिरहेको छ । त्यस्तै अर्कोतर्फ रेनो क्विड, ह्युन्डाई स्यान्ट्रो र डाटसन रेडी गो भीले बजारमा राम्रो पकड बनाइरहेका छन् ।

रिपोर्टका अनुसार टाटाको नयाँ कार इलेक्ट्रिक पनि हुन सक्नेछ । किनभने अहिले टाटा मोटर इलेक्ट्रिक बाहनहरुमाथि भारी लगानी गरिरहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.