तयार हुनुहुन्छ ! भोलिबाट खुल्दैछ हालसम्मकै ठूलो आईपीओमा आवेदन, कति कित्तासम्म भर्ने ?

हालसम्मकै ठूलो नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडको आईपीओ भोलि माघ २ गतेदेखि निश्कासन हुने भएको छ।

सेयर निष्कासनकर्ता तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडका ८ करोड कित्ता आईपीओ भोलि शुक्रबारदेखि निष्कासन हुने भएको हो। यो आईपीओमा छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म आवेदन दिन मिल्नेछ।

कुल ८ करोड कित्तामध्ये ०।२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४ लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको छ। सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको छ।

प्रतिकित्ता रु। १०० का दरले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ।

सबैभन्दा ठूलो आकारको आईपीओ भएकाले पनि यसमा सबै आवेदकले सेयर पाउने अधिक सम्भावना छ। एक अध्ययनअनुसार धेरै आवेदन पर्दा पनि प्रतिआवेदक ७० कित्तासम्म सेयर पाइने सम्भावना देखिएको छ। यसकारण न्यूनतम ७० देखि १०० कित्तासम्मका लागि आवेदन दिंदा राम्रो हुने देखिन्छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.