दक्षिण कोरियाको जीवनस्तर विश्वकै १८ औं स्थानमा

दक्षिण कोरियाको जीवनस्तर विश्वकै १८ औं स्थानमा रहेको अमेरिकी गैह्र नाफामुखी संस्थाको एक अध्यनले देखाएको छ।

डेलोटि अन्जिन नामक अमेरिकी संस्थाले विश्वका १ सय ४६ देशमा गरेको अध्यन पछि बिहिबार प्रकाशित गरेको तथ्यांकअनुसार दक्षिण कोरियाले विकास प्रविधि, जीवनस्तर तथा सामाजिक परिवर्तन  क्षेत्रमा ८७ .१३ प्रतिशत अंक पाएको हो।

दक्षिण कोरिया गत वर्ष एसियाली देशमा २६ औं स्थानमा परेको थियो।

संस्थाले आफ्नो अध्ययनमा ५१ वटा सामाजिक पक्षलाई समावेस गरेको थियो। जसमा आधारभूत मानवीय आवश्यकता तथा अवसरलाई प्राथमिकतामा राखेको थियो। दक्षिण कोरियाले शिक्षा र प्रविधि विकास (आइटी क्षेत्र) मा सबैभन्दा धेरै अंक प्राएको हो।

बिहिबार प्रकाशित तथ्यांकअनुसार सबैभन्दा उच्च जीवनस्तर विकास गरेको नर्वेले ९०.२६ प्रतिशत अंक प्राप्त गरेको छ। दोस्रो स्थानमा आइसल्याण्ड छ भने स्वीजरल्याण्ड, डेनमार्क, फिनल्याण्ड, जापान आदि देशहरू क्रमिक रुपमा छन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.