अब नेपालबाट भारतमा सिधै विद्युतीय माध्यमबाट पैसा पठाउन सकिने

काठमाडौँ । अब भारतीय श्रमिकहरूले नेपालबाट दैनिक १५ हजार भारतीय रुपैयाँसम्म नगद पठाउन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०८० मा संशोधन गर्दै नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खोलेको बैंक खाताबाट भारत स्थित आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामा सोझै रकम पठाउन सक्ने व्यवस्था गरेको हो ।

तथापि, यस्तो रकमान्तर आबद्ध विद्युतीय बैंकिङ ९इ– बैंकिङ०, अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङ क्विक रेस्पोन्स कोडमार्फत राष्ट्रिय भुक्तानी स्विच ९नेशनल पेमेन्ट स्विच० को माध्यममार्फत पठाउनुपर्नेछ । भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा प्रतिदिन भारु १५ हजार र प्रतिमहिना भारु एक लाखसम्म पठाउन सकिने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, भारतबाट नेपाली श्रमिकले पनि नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंकले व्यवस्था गरेको इन्डो–नेपाल रेमिटेन्स फ्यासिलिटी स्किमको अतिरिक्त नेपाली नागरिकले सहजै विद्युतीय बैंकिङ, मोबाइल बैंकिङ लगायतको सुविधामार्फत सोझै रकम पठाउन सकिने व्यवस्था गरेको छ । तर, नेपालीको हकमा रकमको सीमा तोकिएको छैन ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.