आईपीओ निष्कासनको तयारी गरेको डिसहोमले एकैवर्ष गर्‍यो सवा ५ अर्बको कारोबार, १० अर्ब ऋण लिँदै

आइपीओ निष्कासनको तयारी गरेको डिस मिडिया नेटवर्कले एकैवर्ष सवा ५ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२३ मा ५ अर्ब १९ करोड ६० लाख रुपैयाँ ९अपरिष्कृत०को कारोबार गरेको हो ।

कम्पनीले सन् २०२० मा ५ अर्ब १३ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२१ मा ४ अर्ब ९२ करोड मात्रै आम्दानी गरेका थियो भने सन् २०२२ मा ४ अर्ब ८३ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीको व्यापार बढेपनि नाफा भने घट्दै गएको जनाएको छ । कम्पनीको नाफा पछिल्लो समय घट्दै गएको छ । सन् २०२२ मा १७।७८ प्रतिशतले नाफा कमाएको कम्पनीको नाफा सन् २०२३ मा १।२५ प्रतिशतले घटेको छ ।

देशभर ७५ वटा डिलर, ४५ सयभन्दा बढी सब-डिलर, १४ वटा सर्भिस सेन्टर र १५ सयभन्दा बढी फ्रेन्चाइजमार्फत् सेवा दिँदै आएको छ । कम्पनीको ३३ वटा लोकल केबल अपरेटर र १२५ वटा लोकल केबल अपरेटर फ्रोन्चाइज छन् ।

हङकङको स्यान्ड मार्टिन इन्टरनेशनल होल्डिङ प्रालि ३३ प्रतिशत सेयर स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १० अर्ब रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ५ अर्ब ७२ करोड २८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४ अर्ब २७ करोड ७२ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीलाई क्रेडिट वाच विथ नेगेटिभ इप्लिकेशनबाट हटाइएको उल्लेख छ ।

कम्पनीमा विदेशी कम्पनीसहित अन्य ७ जनाको स्वामित्व छ । कम्पनीको अध्यक्षमा व्यवसायी एवं सांसद देवीप्रकाश भट्टचन छन् । त्यसैगरी कम्पनीमा हेमराज ढकाल, सुदिप आचार्यलगायत अन्य व्यक्तिको स्वामित्व छ ।

सन् २०१० देखि डिसहोमको सुविधा दिँदै आएको कम्पनीको ९ लाख २० ग्राहक छन् । कम्पनीले सन् २०२० देखि इन्टरनेट सेवा डिसहोम फाइबरनेट ब्रान्डको नाममा सुविधा दिँदै आएको छ । कम्पनीले २०७ च्यानलमध्ये ६० वटा एचडी र १४७ वटा एसडी कन्टेन्टको सुविधा दिँदै आएको कम्पनीको मात्रै २१ वटा आफ्नै च्यानल छन् ।

साथै, कम्पनीले ओभर टु टप ९ओटीटी० सर्भिसमार्फत् ‘डिसहोम गो’ एप सार्वजनिक गरेको छ । जसमा १ सय लाइभ नेटवर्कसहित प्रिमियम लिनर च्यानल छन् । उक्त च्यानलमार्फत् एक हजारभन्दा बढी भिडियो उपलब्ध गरिरहेका छन् ।

कम्पनीले सन् २०२० को फेब्रअरीमा इन्टरनेट सर्भिस प्रोभाइडरअन्तर्गत डिस होम फाइबरनेट ब्रान्ड सार्वजनिक गरेको थियो । उक्त सेवाको आम्दानी बढ्दो क्रममा रहेको कम्पनीको दाबी छ ।

कम्पनीले काठमाडौं, हेटौंडा, डल्केबर, विराटनगर, बुटवलमा फाइबर इन्टरनेटको ब्यान्डविथ बढाएको छ । कम्पनीले १५८ बाट १९३ वटा पोइन्ट अफ डिस्ट्रिब्यूसन निर्माण गरिसकेको छ ।कम्पनीले सन् २०१४ मा १०८ मेगाहर्जको ३ वटा ट्रान्स्पोन्डर र सन् २०२२ मा ४८६ मेगाहर्ज क्षमताको ४.५ ट्रान्स्पोन्डर सञ्चालन गर्दै आएका छन् ।

कम्पनीले सर्वसाधरणका लागि आइपीओ निष्कासन गर्ने समेत तयारी गरेको छ । यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्ड ९सेबोन०मा आवेदन समेत दिएको छ । आइपीओ निष्कासनका लागि सन् २०१७ मा कम्पनी पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो ।

कम्पनीले २३ लाख ८५ हजार ९२९ कित्ता बराबरको आइपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको आइपीओ निष्कासनपछि कुल चुक्ता पुाजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.