बिक्री चाप बढेसँगै सर्वोत्तम सिमेन्टको सर्वाधिक कारोबार

लगातार सात कारोबार दिन १० प्रतिशतले बढेको सर्वोत्तम सिमेन्टको सेयर आज (आइतबार) भने घटेको छ।

गत चैत ५ गते सूचीकरण भएको कम्पनीको सेयर चैत ६ गतेदेखि निरन्तर सर्किट लेभलमा बढेको थियो।

यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर ९।९९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९७४ रूपैयाँ ५० पैसामा झरेको छ।

बिक्री चाप बढेसँगै कम्पनीको सर्वाधिक कारोबार भएको छ।

हालसम्म कुल १ अर्ब ४५ करोडको सेयर कारोबार भएकोमा सर्वोत्तमको मात्र २८ करोड २३ लाख बराबरको कारोबार भएको छ।
९।९९ प्रतिशत मूल्य घट्दा करिब १ लाख ९४ हजार कित्ता सेयर बिक्रीका लागि आदेश आएको छ भने खरिद गर्नेहरू भने देखिएका छैनन्।

कम्पनीको ५५६ रूपैयाँमा पहिलो कारोबार सुरू भएको थियो। त्यसपछिका ७ कारोबार दिन १० प्रतिशतका दरले बढेर मूल्य एक हजार ८३ रूपैयाँसम्म पुगेको थियो।

उक्त मूल्य कम्पनीको हालसम्मकै बढी हो। सोही विन्दुबाट सेयर मूल्य तल झरेको हो।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.