स्किल सेवाको घर निर्माण लागतसम्बन्धी निःशुल्क परामर्श

स्किल सेवाले घर निर्माण लागतसम्बन्धी निःशुल्क परामर्श दिइरहेको छ।

विगतमा पनि निःशुल्क प्राविधिक परामर्श कार्यक्रमहरू गर्दै आएको स्किल सेवाले अहिले घर निर्माणमा लाग्ने लागतसम्बन्धी निःशुल्क परामर्श दिने कार्यक्रम सञ्चालन गरिरहेको छ।

कम्पनीका अनुसार यस कार्यक्रम मार्फत् कम्पनीले घर निमार्ण गर्दा खर्च कम गर्ने आठ उयायहरूको बारेमा बताउनेछ जसमा कस्तो खालको सिमेन्ट, इटा, डन्डी, ग्लास, टायल्स् प्रयोग गर्ने बारे जानकारी दिने बताइएको छ।

साथसाथै लेबर व्यवस्थापन, डिजाइन, रेक्ट्याङ्गगुलर निर्माण योजना, निर्माण अवधिदेखि फ्लोलिङ र समापन सम्मको स्टेप–बाइ–स्टेप बताउने कम्पनीले जनाएको छ।

घर निर्माण पूर्व मात्रै एक घण्टा खर्च गरी यस्ता परामर्श लिने हो भने सामान्य घर निर्माणमा समेत १० लाखभन्दा बढी बचत गर्न सकिने कम्पनीको दाबी छ।

घर बनाउँदै गरेकाले गुणस्तरमा कुनै पनि सम्झौता नगरी त्यसमा खर्च कसरी कम गर्न सकिन्छ सिकाउने यस कार्यक्रमको प्रमुख योजना रहेको छ।

यस कार्यक्रमबाट लाभ उठाउन आह्वान गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश तिमिल्सिनाले भने, ुहामी पोखरा, चितवन र बुटवलमा रहेका हाम्रा तीन ओटा नै शाखाहरूमार्फत् यस्तो कार्यक्रहरु गर्दै आइरहेका छौं। यस परामर्श कार्यक्रममार्फत् निर्माण सामाग्री छनौट, अधिकतम जग्गाको उपयोग, बजेट निर्माण, सरकारी नीति नियम, नक्सा डिजाइन र इन्टेरियर समेतको ज्ञान लिन सकिन्छ।ु

निर्माणसम्बन्धी पुस्तक पनि प्रकाशन तथा बिक्री–वितरण गरीरहेको स्किल सेवाले आफ्नो वेबसाइटमा पनि परामर्श मुलक लेखहरू राखेको छ।

जीवनभरको मेहेनतले बनाइने घर जस्तो कुरामा कम्तीमा एकपटक विज्ञसँग परामर्श र सल्लाह सुझाव लिनैपर्ने बताउँदै यसमा प्रत्यक्ष संलग्न हुनको लागि कम्पनीको प्रमुख कार्यालयमा सम्र्पक गर्न सकिने कम्पनीले जनाएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.