बालाजु अटो वर्कसको म्यानेजरर्स मिट २०२४ सम्पन्न

नेपालका लागि महिन्द्रा फोरव्हिलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुप बालाजु अटो वर्कसले सर्भिस एण्ड पार्ट्स म्यानेजर मिट २०२४ सम्पन्न गरेको छ।

बालाजु अटो वर्कसले २९ मार्च, २०२४ मा बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक अर्जुन प्रसाद शर्मा र एम एण्ड एम नेपालको लागि सर्भिस कन्ट्री म्यानेजर सोमनाथ धरको साथै अग्नि ग्रुप, नेटवर्कसका सम्मानित अतिथिहरूको उपस्थितिमा स्काई गार्डेन रिसोर्ट, धुलिखेलमा सर्भिस एण्ड पार्टस म्यानेजर मिट २०२४ सफलतापूर्वक सम्पन्न गरेको छ।

कार्यक्रममा विजेताहरूलाई बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक अर्जुन प्रसाद शर्मा, एम एण्ड एम नेपालको लागि सर्भिस कन्ट्री म्यानेजर सोमनाथ धरका साथै कम्पनीका विभाग प्रमुखहरूद्वारा महिन्द्रा केयर फेस्ट २०२४ मा उत्कृष्ट प्रदर्शन गर्ने डिलरहरूलाई विभिन्न उपाधिले सम्मानित गरिएको थियो।

जसमा बेस्ट फोटो अफ द केयर फेस्ट–अग्नि आस्था, इटहरी, बेस्ट कस्टमर इन्गेजमेन्ट–ओम श्री बाराही अटो वर्कस, हाइएस्ट एम ट्रायाक इनरोलमेन्ट– अग्नि आस्था, इटहरी, हाई पफर्मर– अग्नि आस्था, भैरहवा, हाई याचिबर– ठाकुर अटो केयर सेन्टरले जित्न सफल भएका छन्।

साथै म्यनाजर्स मिट २०२४ मा उत्कृष्ट प्रदशन गर्ने ओम श्री बाराहीबाट बेस्ट कस्टमर केयर एक्जिक्युटिव २०२४– बिनिता के।सी, सेन्ट्रल सर्भिस सेन्टरबाट बेस्ट सर्भिस म्यानेजर २०२४– सशी पजियर साथै एम।के इंकर्पोरेटेडबाट बेस्ट स्पेयर पार्ट्स म्यानेजर २०२४– राजेश लाघेलाई उनीहरूको योगदानका लागि सम्मानित गरिएको थियो।
समारोहले उत्कृष्टता प्रति सहभागीको समर्पणलाई प्रदर्शन गर्दै सदस्यहरूको उल्लेखनीय क्षमतालाई हाइलाइट गरेको थियो।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.