एनआइसी एशिया बैंकले भुक्तानी गर्‍यो बीमा बापतको १ करोड २० लाख रकम

एनआइसी एशिया बैंकले १ करोड २० लाख रूपैयाँ बीमा रकम आइजिआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बीमा कम्पनीबाट प्राप्त गरी भुक्तानी गरेको छ।

बैंकले ल्याएको सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत असार १८ गतेदेखि फागुन १४ गतेसम्ममा घातक रोगको बीमा बापत सात जना र दुर्घटनामा परेका पाँच जना गरी कुल १२ जना खातावालाहरूलाई प्रतिव्यक्ति १० लाख रूपैयाँको दरले कुल १ करोड २० लाख बीमा रकम भुक्तानी गरेको हो।

बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहकहरू तथा परिवार सदस्यलाई बीमा कम्पनीहरूले प्रदान गरेको उक्त रकम बराबरको चेक बैंकले हस्तान्तरण गरेको हो।

यस बैंकको काठमाडौंस्थित नागपोखरी शाखामा खाता खोलेकी रचना गौचन, दैलेखस्थित दैलेख शाखामा खाता खोलेका चक्र बहादुर कटुवाल, रुपन्देहीस्थित राम मन्दिर बुटबल शाखामा खाता खोलेकी पार्वती श्रेष्ठ, रुपन्देहीस्थित सउ फर्सटिकर शाखामा खाता खोलेका पुन्य प्रसाद ढकाल र कास्कीस्थित न्यूरोड पोखरा शाखामा खाता खोलेका विजय कुमार गुरुङलाई दुर्घटना बीमा बापत एवं काठमाडौंस्थित कर्पोरेट अफिस शाखामा खाता खोलेकी एलिना न्यौपाने र काठमाडौंस्थित कालोपुल शाखामा खाता खोलेकी निर्मला चापागाईंलाई घातक रोग बीमा बापत जनही १० लाख रूपैयाँ प्रतिव्यक्तिका दरले कुल ७० लाख रूपैयाँ रकम प्रदान गरिएको हो।

उनीहरूले आइजिआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ रकम प्राप्त गरेका हुन्।

त्यसैगरी सिराहास्थित मिर्चैया शाखामा खाता खोलेका राधेश्याम रजक साफी, ललितपुरस्थित पुल्चोक शाखामा खाता खोलेका तेज बहादुर सुवेदी, चितवनस्थित चनौली शाखामा खाता खोलेका गणेश बहादुर गुरुङ, बर्दियास्थित मग्रागढी शाखामा खाता खोलेकी कुमारी रिता भुसाल र बारास्थित कलैया शाखामा खाता खोलेका कन्हैया लाल चौधरीले दुर्घटना बीमा बापत जनही १० लाख प्रतिव्यक्तिका दरले कुल ५० लाख रूपैयाँ नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ प्रदान गरिएको हो।

यस बैंकको बीमा सहितको निक्षेप योजनाहरूअन्तर्गत हालसम्म ६ हजार ३ सय ६१ भन्दा बढीलाई १४ करोड ३८ लाख रूपैयाँभन्दा बढी बीमा दाबी रकम हस्तान्तरण भइसकेको छ।

जसमध्ये घातक रोग बीमा बापत ३३ बढीलाई ३ करोड ५० लाखभन्दा बढी, दुर्घटना बीमा बापत २६ बढीलाई २ करोड ६० लाख बढी र मेडिकल बीमा बापत ६ हजार ३ सय २ भन्दा बढीलाई ८ करोड २८ लाख १० हजार रूपैयाँभन्दा बढी रकम प्रदान गरिएको छ।

बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षको लागि ८४ लाखसम्मको बीमा फाइदा रहेको ‘सर्वश्रेष्ठ बचत योजना’ सञ्चालन गरिरहेको छ।

जसअन्तर्गत आकर्षक ब्याजदर, ५ वर्षसम्म ८४ लाख रूपैयाँसम्मका ३ बीमा, १८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू समावेश छन्।

उक्त ८४ लाख रूपैयाँ बराबरको आकर्षक बीमा फाइदाअन्तर्गत ४० लाखको दुर्घटना बीमा, ४० लाखको घातक रोग बीमा र ४ लाखसम्मको औषधि उपचार बीमा उपलब्ध छन् भने अस्पताल भर्ना हुने बिरामीले ३ लाख २० हजारसम्म र ओपिडी उपचारको लागि ८० हजार रूपैयाँसम्म बीमा लाभ प्राप्त गर्न सक्नेछन्।

बैंकले ३६० शाखा कार्यालय, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.