किन क्यामेरामा जोड दिइरहेका छन् स्मार्टफोन कम्पनीहरु ?

आर्थिक समाचार
१५ चैत,काठमाण्डौ ।

सन् १९९० को दशकको मध्येसम्म क्यामेरा र फोन दुई अलग चिज हुने गर्थे। आविस्कार हुने समयमा क्यामेराबाट तस्वीर खिच्ने तथा फोनको भौगोलिक दुरीमा रहेका दुई व्यक्तिबीच सम्वाद गराउने मूख्य प्रयोजन थियो।
जोहन जाँले पहिलो पटक सन् १६८५ मा क्यामेराको डिजाइन गरेका थिए तर त्यसको १ सय ३० वर्षपछि अर्थात सन् १८१४ मा जोसेब निसेफोर निप्सद्धारा खिचिएको तस्वीरलाई पहिलो क्यामेराले खिचिएको मानिन्छ। मोबाइल फोनका आविष्कारक मार्टिन कुपरलाई लिइन्छ। तर यी दुवै प्रविधिलाई जोडेर फिलिप काँले पछि क्यामेरा फोन बनाए।
सन् १९९७ मा काँले आफ्नी नवजात छोरीको तस्वीर खिचेर लगभग २ हजार जना आफन्त तथा साथीभाइलाई ताररहित प्रविधिमार्फत सेयर गरेका थिए। त्यसै फोटोलाई विश्वको पहिलो सेयर गरिएको फोटो मानिन्छ।
तर त्यसको २० वर्षपछि प्रतिदिन झण्डै २ बिलियन फोटो सेयर होलान भने काँले पनि सायदै सोचेका थिए। २०१६ को मिकर इन्टरनेट रिपोर्टलाई आधार मान्ने हो भने हरेक दिन १.८ बिलियन फोटो समाजिक सञ्जाल तथा अन्य विभिन्न माध्यमबाट अपलोड तथा सेयर गरिन्छन्।
तर व्यवसायिक सेवा प्रदायक बहुराष्ट्रिय कम्पनी डलोइट ग्लोबलले २०१६ को मध्यतिर गरेको सर्वेक्षण अनुसार सेयर गरिने तथा नगरिने सबैखाले गरेर प्रतिदिन २.५ ट्रिलियन फाटोग्राफ २०१६ मा खिचिएका छन्, यो संख्या २०१५ को भन्दा १५ प्रतिशतले बढी हो। यो संख्यामा ९० प्रतिशत हिस्सा स्मार्टफोनको हुने गर्छ अर्थात हाल संसारभरी हरेक दिन खिचिने तस्वीरमध्ये ९० प्रतिशत स्मार्टफोनद्धारा खिचिएका छन्।
डलोइटले त्यसै सर्वेक्षणमा भनेको छ ‘१९९० को दशकमा फिल्म सुटिङ गर्दा व्यवसायिक क्यामेराले खिचिने तस्वीरको संख्या प्रति वर्ष ८० बिलियन मात्र हुने गथ्र्यो।’उसले क्यामेरामा भन्दा अन्य फिचर्स उत्कृष्ट रहेर पनि असफल हुन पुगेका केही मोबाइल उत्पादकहरुको उदाहरण दिदैँ क्यामेरा, प्रोसेसर, स्टोरेज क्षमतालाई परिष्कृत गर्दै लगेका स्मार्टफोन कम्पनीहरु हाल बजारमा रुचाइएको समेत दाबी गरेको छ।
कसरी परिस्कृत हुँदै गए क्यामेरा फोनहरु ?
आजको १७ वर्षअघि अर्थात सन् २००० मा १.५ इन्च एलसिडी स्क्रिन तथा ०.४५ मेगापिक्सेलको फोटो भएको सामसुङको एससीएच­भि२०० मोडलको फोन सार्वजनिक भयो।
त्यसै वर्ष सार्प कम्पनीले जापानमा जे­एसएच जीरो फोर मोडलको ०.११ मेगापिक्सेल रियर क्यामेरा फोन सार्वजनिक गर्यो। यस फोनमा सामासुङमा नभएको इलेक्ट्रोनिक्स माध्यमबाट खिचिएको तस्बिर सेयर गर्न मिल्ने फिचर्स थपिएको थियो।
यी दुबै कम्पनीले आफ्नो त्यस उत्पादनलाई विश्वको पहिलो क्यामेरा फोन रहेको दाबी गरेका छन्। तर त्यति बेलाको टेक बजारमा दुबै फोनले उपभोक्तालाई आकर्षित गर्न भने सकेनन्। तर २००२ मा आएको नोकिया ७६५० मोडलले भने क्यामेरा फोनलाई मुलधारमा ल्याउन उत्प्रेरकको काम गरेको मानिन्छ।
व्यापक प्रचार र इन्डोर्समेन्टको सम्झौतामार्फत बजारमा ल्याइएको उक्त फोनमा सोनी इरिक्सनको टि ६८१ मोडलको फोनमात्र उपलब्ध रहेको सो समयमा ०.३ मेगापिक्सेल क्यामेरा, २.१ इन्च डिस्प्ले, १०४ एमएचजेट प्रोसेसर र ४ एमबी इन्टर्नल स्टोरेज क्षमता रहेको यस फोनले प्रयोगकर्तालाई क्यामेराको आवश्यक्ताको सोचलाई पहिलोपटक विजारोपण गर्न सफल रह्यो।
त्यसपछि २००५ मा सोनी इरिक्सन के ७५० आई तथा नोकिया एन ९०, २००६ मा नोकिया एन ९३ र २००७ मा नोकिया एन ९५ तथा एलजी भिउटी केयु ९९० ले फोनमा क्यामेराको आधुनिकीकरणमा अहम् भूमिका निर्वाह गरे।
त्यस्तै, सन् २००३ को अन्त्यतिर सोनी इरिक्सन जेट १०१० र मोटोरोला ए ८३५ मोडलका फोनले पनि फ्रन्ट फेसिङ क्यामेरा (सेल्फी) समावेश गरेका थिए भने २०१० मा रिलिज भएको आइफोन फोरले पनि फ्रन्ट फेसिङ क्यामेरा मोडल सहित पहिलो पटक बजार प्रवेश गरेको थियो।
२००४ देखि २०१० सम्म दुई मूख्य मोबाइल उत्पादक कम्पनी सामसुङ र नोकियाबीच क्यामेरा फोनको बजारलाई आफूमैत्री बनाउन र क्यामेरा परिस्कृत गर्न ठूलै सघंर्ष गरेका थिए। त्यस बेलासम्म यी दुई बाहेक ब्ल्याकबेरी, मोटोरोला, एचटिसी जस्ता ब्राण्ड जमिसकेका थिए।
तर २०१० बाट आइफोनको प्रवेशले स्मार्टफोनको बजारलार्ई नयाँ आयाम दियो जसले गर्दा आजसम्मको स्मार्टफोनको समग्र पक्षको आधुनिकीरणमा ठूलो सघाउ पुग्यो।
क्यामेरा भित्र ध्यान दिनुपर्ने कुराहरु
उसो त २०१३ मा हालसम्मकै उच्च मेगापिक्सेल भएको नोकिया लुमिया १०२० सार्वजनिक गरिएको थियो जसमा ४१ मेगापिक्सेलको रियर क्यामेरा समावेश गरिएको थियो तर सेल्फी क्यामेरा भने १.२ मेगापिक्सेलको मात्रै थियो।
त्यस्तै हालको मोबाइल बजारमा एप्पल आइफोन सेभेन प्लस, ओप्पो एफ थ्री प्लस, सामसुङ ग्यालेक्सी एस सेभेन एज, हुवावे पि नाइन, वनप्लस थी्र टी, सोनी एक्सपेरिया एक्सजेट, लगायत मोडलका फोनहरुलाई उत्कृष्ट क्यामेरा भएका फोन मानिन्छ।
तर उत्कृष्ट फोटो खिच्न सक्ने कुरामा क्यामेराको मेगापिक्सेलको साइजले मात्र निर्धारण गर्छ भन्नु गलत रहेको जानकारहरु बताउँछन्। उत्कृष्ट फोटो खिच्ने कुराका लागि लेन्स, सेन्सर साइज र प्रकार, एक्सपोजर कन्ट्रोल, सफ्टवेयर लगायतको महत्वपूर्ण भूमिका रहने गर्छ।
उपभोक्ताले कुनै स्मार्टफोन रोज्नुमा त्यसमा रहेको क्यामेराको भूमिका कति?
स्टाटिस्टा नामक तथ्यांक संकलन तथा अध्ययन गर्ने अनलाइन पोर्टलले जनाए  अनुसार २०१६ सम्म आइपुग्दा मोबाइल फोन (सबैखाले) प्रयोगकर्ताको संख्या ४ अर्ब ६१ करोड पुगेको छ। तर यो संख्या २०१३ मा ४ अर्ब मात्रै थियो भने २०१७ मा यो संख्या बढेर लगभग ५ अर्ब पुग्ने स्टाटिस्टाले प्रक्षेपण गरेको छ।
सम्बन्धित
Leave A Reply

Your email address will not be published.