कुमारी बैंकको मोबाइल बैंकिङ एपबाटै कर्जा लिन सकिने

कुमारी बैंकमा मुद्दती निक्षेप र रिकरिङ निक्षेप भएका बचतकर्ताले बैंकको मोबाइल बैंकिङ एपद्वारा कर्जा लिन सक्ने भएका छन्।

बैंकमा मुद्दती निक्षेप र रिकरिङ निक्षेप भएका बचतकर्ताले बैंकको मोबाइल बैंकिङ एपद्वारा निक्षेपको ९० प्रतिशतसम्म कर्जा सुविधा सजिलै र तुरुन्तै लिन सकिने बैंकले जनाएको छ।

हालसम्म यो सेवा लिनको लागि बचतकर्ता स्वयम् बैंकको शाखामा उपस्थित हुनुपर्ने व्यवस्था थियो भने बैंकले आफ्नो एपको पछिल्लो संस्करणमा बचतकर्ताको समयको महत्त्वलाई मध्यनजर गर्दै अब देखि सो सेवा घर बसेर नै लिन सकिने बैंकको भनाइ छ।

मोबाइल बैंकिङ एपद्वारा कर्जा लिँदा ब्याजदरमा ०।२५ प्रतिशत छुट पनि रहेको छ भने यस्तो प्रकारको कर्जा लिनको लागि कुनै पनि किसिमको कागजी प्रक्रियाहरू नहुने र मोबाइल बैंकिङ एप मार्फत् यो सुविधा चौबिसै घण्टा उपलब्ध रहने व्यहोरा बैंकले सार्वजनिक गरेको छ।

निक्षेपकर्तालाई आवश्यकता परेका अवस्थामा निक्षेपकर्ताले आफ्नो मुद्दती निक्षेपलाई रद्द नगरी, मोबाइल बैंकिङ एपमार्फत् सामान्य केहि क्लिकहरू गरेको आधारमै आफ्नो बैंक खातामा तुरुन्तै कर्जाको रकम प्राप्त गर्न सक्नेछन्।
कुमारी बैंकले पछिल्लो समयमा यस प्रकारका धेरै डिजिटल सुविधाहरू उपलब्ध गराउँदै आएको छ जसले नेपालको बैंकिङ तथा डिजिटल क्षेत्र प्रवर्द्धन गर्न ठूलो योगदान पुर्‍याएको छ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ इकाइहरूमार्फत् आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ। ।’

सम्बन्धित
Leave A Reply

Your email address will not be published.