गरिमा विकास बैंकको सीईओमा माधव उपाध्याय

काठमाडौं । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् । बैंकको चैत १४ गते बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

आगामी वैशाख १ गतेदेखि लागू हुने गरी उनी आगामी ४ वर्षका लागि बैंकको सीईओ नियुक्त भएका हुन् । व्यवस्थापनमा स्नातकोत्तर गर्नु भएका उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापना कालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि डेपुटी सीईओ पदमा कार्यरत छन् । उनी बैंकिङ क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापन/प्राध्यापन पेशामा संलग्न थिए ।

बैंकका सीईओमा अहिले गोविन्द प्रसाद ढकाल रहेका छन् । उनको कार्यकाल यही चैत ३० गते समाप्त हुँदैछ । यसैगरी कम्पनी सचिवमा बैंकका सहायक सीईओ अनिल रेग्मीलाई नियुक्त गरिएको पनि बैंकले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.