बझाङको जयपृथ्वी नगरपालिकामा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

ग्लोबल आइएमई बैंक लिमिटेडले बझाङको जयपृथ्वी नगरपालिकामा आफ्नो नयाँ शाखाको सुरुवात गरेको छ । नगरपालिकाको वडा नं. १० मा बैंकले  नयाँ शाखा सञ्चालनमा ल्याएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २ सय ६२ पुगेको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले अहिलेसम्म देशका ७२ वटा जिल्लामा फैलिएका २ सय ६२ शाखा सञ्जाल, २ सय ३८ वटा एटिएम, ४५ वटा एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २ सय ३१ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.