शिवशङ्कर इन्भेष्टमेन्टलाई एलएस क्यापिटलले कर्पोरेट एडभाइजरी सेवा दिने

काठमाडौँ । एलएस क्यापिटल र शिवशङ्कर इन्भेस्टमेन्ट प्राइभेट लिमिटेडबिच कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । एलएस क्यापिटल, नयाँ बानेश्वरको कर्पोरेट कार्यालयमा एक कार्यक्रमका बिच एलएस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र शिवशङ्कर इन्भेस्टमेन्ट प्राइभेट लिमिटेडका अध्यक्ष खगेश्वर बोहराले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार एलएस क्यापिटलले रोड टु आईपीओ अन्तर्गत शिवशङ्कर इन्भेस्टमेन्ट प्राइभेट लिमिटेडको प्रारम्भिक सार्वजनिक प्रस्ताव ९आईपीओ० तर्फ लैजाने सबै सम्भावनाहरूको निरीक्षण र मूल्याङ्कन गर्नेछ ।

शिवशङ्कर इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड मुख्यतया जलविद्युत, पूर्वाधार क्षेत्र र अन्य उत्पादनशील क्षेत्रहरूमा लगानीको व्यापक स्पेक्ट्रम केन्द्रित लगानी गर्ने कम्पनी हो । हाल कम्पनीको सानिगड हाइड्रो लिमिटेड, कलंगा हाइड्रो लिमिटेड र बुङ्गल हाइड्रो लिमिटेड लगायतका जलविद्युत कम्पनीहरूमा लगानी गरेको छ भने अन्य सम्भाव्यता पनि खोजिरहेको छ । साथै, शिवशङ्कर इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड र श्री गणेश इन्भेस्टमेन्ट मर्जरको प्रक्रियामा छन् । आईपीओ पश्चात् कम्पनीले चुक्ता पुँजी रु। १ अर्ब माथि पुर्‍याउने योजना राखेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.