माछापुच्छ्रे बैंकले मनायो ग्लोबल मनी सप्ताह २०२४

माछापुच्छ्रे बैंकले वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रूपमा मनाइने ग्लोबल मनी विक ९सप्ताह० २०२४ भव्य रूपमा मनाएको छ।

ुप्रोटेक्ट योर मनी सेक्योर योर लाइफु भन्ने मुल नाराका साथ मार्च १८ तारिख देखि २४ तारिखसम्म परेको ग्लोबल मनी विक अन्तर्गत बैंकले देशभर छरिएर रहेका आफ्ना शाखा कार्यालयहरूमार्फत् विभिन्न प्रकारका वित्तीय साक्षरता कार्याक्रमहरू आयोजना गरेको थियो।

बैंकले देशका ७ वटै प्रदेशमा स्थानीय स्कुल, कलेज, क्लवहरूसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी अन्तर्क्रिया कार्यक्रमहरूको आयोजना गरी ग्लोबल मनी विक मनाएको हो।

सो अवधिमा बैंकले बैंकिङसम्बन्धी आधारभूत ज्ञान, वित्तीय साक्षरताको महत्त्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने प्रक्रिया, बचत गर्ने बानी सुधार गर्ने तरिका, बैंकहरूले प्रदान गरिरहेका डिजिटल सेवा, डिजिटल सेवाहरुको प्रयोग गर्दा अपनाउनु पर्ने सचेतना, बैंकले प्रवाह गर्ने विभिन्न कर्जा, रेमिटेन्स, गैरकानुनी रूपमा गरिने हुण्डीको कारोबार र त्यसका नकारात्मक असर, सफा नोट नीति र नोटलाई जतन गर्ने तरिका आदि जस्ता विषयहरूमा विस्तृत जानकारी दिइएको थियो।

ग्लोबल मनी सप्ताह सन् २०१२ देखि प्रत्येक वर्षको मार्च महिनामा युवा तथा बालबालिकाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्न तथा वित्तीय सचेतना जगाउने उद्देश्यले मनाउने गरिन्छ। सोही अनुरूप युवा अवस्थादेखि पैसाको व्यवस्थापन गर्न सिक्न, भविष्यका लागि बचत गर्न र परिवारमा आर्थिक सहयोग पुर्‍याउने मद्दत गर्ने विश्वासका साथ बैंकले हरेक वर्ष ग्लोबल मनी सप्ताह मनाउदै आएको छ।

बैंकले आम ग्राहकलाई लक्षित गर्दे यस अघि पनि विभिन्न समयमा विभिन्न माध्यमहरूमार्फत् वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गर्दै आइरहेको बताएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.