यूनाइटेड फाइनान्सद्वारा मर्जर कमिटी गठन, नवीलसँग बिलयको तयारी

फाइनान्सका संचालक बेनीगोपाल मुन्दडाको संयोजकत्वमा २ सदस्यीय मर्जर कमिटी गठन गरिएको हो । 

समितिमा सदस्यको रुपमा अर्का संचालक मनिष खेम्का तोकिएका छन् । खेम्का विभिन्न क्षेत्रमा लगानी गर्दै आएको चौधरी ग्रुपअन्तर्गतको बिएलसी होल्डिङ्सका कार्यकारी निर्देशक समेत हुन् । 

दुई सदस्यीय मर्जर कमिटीले नवीलसँग हुन लागेको मर्जरलाई केही दिनभित्रै अन्तिम रुप दिने स्रोतले बताएको छ । 

‘नवीलसँग बिलय हुने गरी प्रारम्भिक सम्झौताका लागि आवश्यक धेरै पूर्वतयारीहरु भइसकेका छन् ।’ स्रोतले भन्यो–‘अब मर्जर कमिटीले सबै कुरालाई औपचारिक रुपमा टुङ्ग्याउनेछ ।’ 

यूनाइटेड फाइनान्सलाई नवील बैंकले अक्वायर(प्राप्ति) गर्ने गरी ढिलोमा बैशाखभित्र सम्झौता हुने स्रोतले उल्लेख गरेको छ । 

नवीलले यूनाइटेड फाइनान्ससँगै अर्को एक वाणिज्य बैंक र विकास बैंकलाई पनि प्राप्तिको तयारी गरेको छ । यूनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने सम्झौता चैत अन्तिम साता नै गर्ने भनिए पनि अन्य संस्थालाई पनि सँगै प्राप्तिको सम्झौता गर्ने प्रयासका कारण समय केही लम्बिएको स्रोतको दाबी छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.