१७२ बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज

हालसम्म २३१ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १७२ संस्थाहरुको इजाजत खारेज हुन गई ५९ संस्था कायम भएका छन् ।

वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले नेपाल राष्ट बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७८ भदौमसान्तसम्म यो संख्या कायम गरेको हो । २०७२ देखि सुरु भएको पुँजीवृद्धि तथा मर्जरको योजना अहिले पनि जारी छ । राष्ट्र बैंकले मर्जर तथा प्राप्ति प्रक्रियालाई प्रोत्साहित गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न सुविधाहरु दिँदै आएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.