अनलाइन सपिङका नाममा दराजले यसरी ठग्दैछ उपभोक्ता

तपाई/हामी प्राय कपडा, जुत्ता लगायतका आफुलाई आवश्यक सामाग्री किन्न कहाँ जान्छौं ? नजिकैको पसल वा फुर्सद छ भने न्यूरोड तथा असन जाने गछौँ ।

तर, पछिल्लो समय मानिसहरु आफुलाई आवश्यक सामाग्रीहरु अनलाइनमा किन्ने गर्छन् । एक फोनको भरमा सामान घरसम्मै आइपुग्छ भने किन सुविधा नलिने त्यो पनि एउटा कारण हो अनलाईन सपिङ ।

नेपालमा अनलाइन सपिङको बजार बिस्तार भइरहेको छ । तर, तपाई/हामीलाई यो थाहा छैन कि यही अल्छिपनाको सिकार हामी आफैं बनिरहेका छौं ।

अनलाईनमा किन्ने सामान र बाहिर बजारमा किन्ने सामान उस्तै भए पनि हामीले बाहिर बजारमा किन्दा भन्दा अनलाईन मार्फत किन्दा धेरै महंगो पर्ने गरेको पाइन्छ ।

अनलाइनमा विभिन्न प्रकारका छुटको व्यवस्था देखेर आकर्षित भइ खरिद गर्ने सामानहरु बाहिर त्यो भन्दा जस्तो मूल्यमा पाइन्छ भन्ने कुरा धेरैलाई थाहा होला ।

केही समय यता बजारमा चर्चित नाम बन्दै गएको दराज अनलाई सपिङले विभिन्न छुट्हरुको अवसरमा सामाग्रीहरु बिक्री गर्दै आएको छ ।तर, त्यही सामाग्रीको मूल्य बाहिर बजारसँग तुलना गर्ने हो भने त्यो महंगो देखिन्छ । सामान्यतया बाहिर पसलमा किन्नुभन्दा अनलाइन सपिङ गर्दा मूल्य सस्तो पर्नुपर्ने हो । तर, नेपालम भने त्यस्तो छैन ।

नोभेम्बर ११ लालाई दराजले उत्सबको रुपमा मनाएको थियो । तर, नेपाली उपभोक्ताहरुले दराजको छुट अफरलाई अस्वीकार गरेका थिए । बजारमूल्य भन्दा २०० प्रतिशतले मूल्य बढाएर १०० प्रतिशत छुट दिएको भन्दै उपभोक्ताहरुले तीब्र आलोचना गरेका थिए ।

त्यसपछि पनि दराजले आफ्नो मूल्यलाई परिमार्जन गरेको छैन । क्लिकमाण्डुले केही बाहिर बजारका पसलहरु र दराजमा रहेका सामाग्रीहरुसँग त्यसको मूल्यको तुलना गर्दा बाहिरका पसलभन्दा दराजबाट अनलाइन सपिङ गर्दा सामान महंगो परेको पाइयो ।

नर्थफेसको ज्याकेट आजभोलि नेपालमा पनि बन्छ । नेपाली नर्थफेसका डाउन ज्याकेट पुतलीसडकका पसलहरुमा किन्ने हो भने धेरैमा १५ हजार रुपैयाँसम्ममा किन्न सकिन्छ । तर, यदि तपाई त्यही डाउन ज्याकेट दराजको अनलाईन सपिङमा गएर किन्नुहुन्छ भने १९ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्ममा विक्रीका लागि राखिएको छ ।

यस्तै एचपीको प्रिभिलियोन पावर १५/आई७/७औँ जेनेरेसनको ८ जीबी र्याम/१ टिबी र ४ जिबी ग्राफिक कोप्रोसेसर भएको ल्यापटप तपाई पुतली सडकको कुनै ल्यापटप पसलमा किन्न चाहानुहुन्छ भने ९५ हजार रुपैयाँसम्ममा डिस्काउन्ट नगरी पनि पाउन सक्नुहुन्छ ।

पुतलीसडकबाट बाहिर न्यूरोडको होलसेलमा जानुभयो भने यो भन्दा कम मूल्यमा पनि पाउन सक्नुहुन्छ । तर, यही ल्यापटपलाई डराजले ९७ हजार रुपैयाँमा विक्रीका फ्रि वल्डलिङ प्याकेज सहित राखेको छ।

गोल्ड स्टर जुत्ता आजभोली सबैको रोजाइमा पर्छ । यो जुत्ता बाहिर पसलमा किन्नु हुन्छ भने तपाइले १८ सय रुपैयाँदेखि महंगोमा १८ सय ५० रुपैयाँसम्ममा किन्न सक्नुहुन्छ ।

तर दरजले २ हजार १ सय ९९ रुपैयाँमा १० प्रतिशत छुट सहित १ हजार ९ सय ८० रुपैयाँमा यो जुत्ता विक्री गरिरहेको छ । भान्छामा प्रयोग हुने बाल्ट्राको १.५ लिटरको राइसकुकर बाहिर बजारमा किन्ने हो भने २ हजार रुपैयाँसम्ममा केही नहिजकिचाई व्यापारीले विक्री गर्छन् ।

तर, त्यही बाल्ट्राको १.५ लिटरको राइसकुकरलाई दराजले ३ हजार ७५ रुपैयाँमा २८ प्रतिशत डिस्काउन्ट राखि २ हजार २ सय २० रुपैयाँमा विक्री गरिरहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.