भन्सारका कर्मचारीकै मिलेमतोमा राजश्व छली

भन्सारका कर्मचारीको साठगाठमा राजस्व छली गराएर मालसामानहरू भित्र्याउने गरेको पाइएको छ । रातीको समयमा गौर भन्सार कार्यालयका उच्च पदस्थ कर्मचारीकै मिलेमतोमा सामान भन्सार छली सामान ओसार पसार हुने गरेको खुलेको हो ।
महँगा सामानहरू जसको राजस्व धेरै नै लाग्छ त्यस्ता सामानहरू रातीको मौका छोपी बिना कर व्यापारीको घरमा पुग्ने गरेको स्रोतले बताएको छ । ।  उक्त सामानहरू दिउसो भारतीय बजारबाट ल्याएर भन्सार कार्यालयमा राख्ने र रातीको समयमा निश्चित कमिसनमा बिना भन्सार शुल्क सम्बन्धित व्यक्तिको घरमा पुर्‍याउने गरेको प्रत्यक्षदर्शीको भनाई छ ।
गए राति नगर सुनसान भएपछि सरकारी राजस्वलाई लत्याउदै व्यक्तिगत राजस्व असुल गरेर ल्याइँदै गरेको एउटा ठेलामा तिन वटा कपडाको ठुलो पोका लिएर व्यापारीको गोदाममै पुर्‍याएको एक प्रत्यक्षदर्शीले बताए ।
राति १०:३० बजेको समयमा सीमा पारी भारतबाट ल्याइएको उक्त सामान भन्सार कर्मचारीको सेटिंगमा व्यापारीको गोदाममै पुर्‍याएको देखेको उनले बताए ।
अवैध समानहरू ठेलागाडामा गइरहेको सूचना पाएपछि स्थानीयले भन्सार अधिकृतलाई फोन गर्दा उठेन भने प्रहरीको चेकजाच पनि नभएको पाइएको उनीहरूले बताए ।
कर्मचारीकै मिलेमतोमा दिनमा एक पटक भन्सार तिरेको रसिदका आभारमा पटक पटक सामान भित्र्याउने गरेको पनि उनीहरूले आरोप लगाएका छन् । यस विषयमा गौर भन्सार कार्यालयका अधिकृत विमल साह सँग प्रतिक्रिया लिन प्रतिष्ठित व्यक्तिले क्रिकेटको विभिन्न सामानहरू भारतबाट मगाएको झुटो कुरा बताउँदै अस्वीकार गरे । शाहले रातीको समयमा पनि भन्सार काटिएको दाबी गरे ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.