महासंघलाई कसरी अघि बढाउने भन्ने प्रष्ट रोडम्याप मसँग छ: किशोर प्रधान

एसियाली विकास बैंक (एडिबी)को नेपाल स्थित ‘कन्ट्री डाइरेक्टर’ केनिची योकोयामा पाँच बर्षे सेवाकाल बिताएर बुधबार बिदा हुँदैछन्। नेपाल विकासका कैयन् एजेन्डामा राजनीतिक नेता र कर्मचारीलाई समेत मार्गदर्शन गर्ने योकोयामाले अब भारतको ‘कन्ट्री डाइरेक्टर’को जिम्मेवारी निभाउने छन्। नेपाल भन्दा छ गुणा ठूलो एडिबीको पोर्टफोलियो सम्हाल्न नयाँ दिल्ली उड्नु अघि बिजमाण्डूका प्रभात भट्टराईले योकोयामालाई सोधे-
नेपालमा पाँच बर्ष बिताएर छोड्न लाग्दा यो मुलुकलाई यहाँले कसरी बुझ्नु भयो?
म यहाँ आउँदा राजनीतिक संक्रमणकाल थियो। दलहरु संविधान निर्माणको प्रयासमा थिए तर संविधानको स्वरुपबारे केही पनि प्रष्ट भइसकेको थिएन। त्यसैले राजनीतिक बृत्तमा धेरै अनिश्चयका संकेत देखिन्थे। यो पाँच बर्षमा नयाँ संविधान कार्यान्वयमा आएको छ। अझै पनि केही प्रावधानमा विवाद देखिन्छ। तथापी संविधानको मूलभूत स्वरुप र मर्म आइ सकेको छ।
त्यसैले आजको ध्येय आर्थिक विकासमा केन्द्रित रहेको छ। दुई बर्ष अघिको महाभूकम्प, ‘नाकाबन्दी’ जस्ता चरणबाट गुज्रिएर नेपालले एउटा नयाँ गति समातेको छ। भूकम्पबाट अति प्रभावित क्षेत्रका जनताहरु अझै पनि समस्या छन्। तथापी अर्थतन्त्र सुधारकै बाटोमा छ। आर्थिक बृद्धिदर प्रति आशावादी हुने बलिया आधारहरु छन्। यहि महिना हामीले लगानी र अघिल्लो महिना पुर्वाधार गरि दुई महत्वपुर्ण सम्मेलन समेत सम्पन्न गर्यौँ।
विद्युत आपुर्तिमा चामत्कारिक सुधार आएको छ। अब मेलम्ची आयोजनाले त्यसै गरि काठमाडौँको खानेपानी वितरणमा ठूलो परिवर्तन ल्याउनेछ भन्नेमा हामी विश्वस्त छौँ। समग्रमा नेपाल आज पनि कैयन् चुनौतीले घेरिएको छ तर अघि बढ्ने निश्चित आधारहरु देखिएका छन्।
नेपालमा विकास साझेदारका जिम्मेवार अधिकारीमध्ये तपाईं विल्कुल फरक देखिनु भयो। जाखिर खान मात्र यहाँ आए जस्तो कहिल्यै देखिएन। केही देखिने नतिजा चाहिन्छ भनेर आफु पनि अहोरात्र खट्नु भयो, सरकारी तवरबाट ढिला हुँदा पनि अडानका साथ सचेत गराइ रहनु भयो। एडिबीका अरु सहकर्मी पनि साँच्चिकै काम गर्ने बोसको रुपमा यहाँलाई चिन्थे। नेपालका लागि यति धेरै मेहनत गर्न के कुराले प्रेरणा दियो?
आफ्नो जिम्मेवारी प्रतिवद्धता पुर्वक निभाउनु मेरो कर्तव्य नै हो। मलाई दिएको जिम्मेवारी कुशलता पुर्वक निभाउँदा मुलुकको आर्थिक विकासमा योगदान पुग्ने यथार्थ मेरोलागि सौभाग्य पनि थियो। त्यस बाहेक नेपालसँग मेरो छुट्टै भावनात्मक नाता पनि छ। मैले सन् १९९९ मा एडिबीको करियर सुरु गरे यता नेपालसँग बिभिन्न तवर तरिकाबाट जोडिदैं आएको थिएँ।
त्यस बाहेक समाज र नेपालीहरु प्रतिको सामिप्यता र सद्भावले पनि मलाई निरन्तर उर्जा दिइ रह्यो। किनभने नेपाल एउटा साँच्चिकै सुन्दर मुलुक हो र नेपालीहरुको हार्दिकता ले सबैको मन छुन्छ। र, कामलाई सर्वोपरि ठान्ने जापानी संस्कृतिको पनि यसमा हात छ।
सम्बन्धित
Leave A Reply

Your email address will not be published.